मेगा बैंकको १८ लाख ४० हजार कित्ता हकप्रद सेयर लिलामी हुदै

काठमाडौं । मेगा बैंकले बिक्री नभएको १८ लाख ४० हजार कित्ता हकप्रद सेयर लिलामी गर्ने भएको जनाएको छ ।बैंकले चुक्तापुँजी बढाउन ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेकोमा बाँडफाँड भएपछि बिक्री नभएको हकप्रद लिलामी गर्न लागेको हो ।

रितिपुर्वक आवेदन दिने १ लाख ४८ हजार ८७४ आवेदकलाई २ करोड ७९ लाख ४४ हजार २९५ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको बैंकले जनाएको छ ।
हकप्रद बाँडफाँडपछि मेगाको चुक्ता पूँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । मेगाले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर गर्ने भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस