आइएमई ग्रुपका अध्यक्षको बाग्लुङ महोत्सव सम्बोधन

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघकाउपाध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङ महोत्सव–२०७४ लाई गएको शुक्रबार बागलुङमा सम्बोधन गरेका थिए । ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्घन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औधोगिक व्यापार मेला तथा बाग्लुङ महोत्सवलाई आइएमई ग्रुपले सह–प्रायोजन समेत थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले बाग्लुङमा धेरै पहिलादेखि नै रेमिटेन्स भित्रिंदै आएको र त्यहि रेमिटेन्सले आम बाग्लुङ्वासीको क्रयशक्ति पनि बढाएको प्रसङ्ग उल्लेख गर्नुभएको थियो । यसरी प्राप्त हुँदै आएको रेमिटेन्सलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न हामी सबैको प्रयास आवश्यक पर्ने भन्दै सबै चरणका निर्वाचन पनि सम्पन्न भइसकेको र नेपालको सबै राजनीतिक नेतृत्व पनि आर्थिक विकासका मुद्दामा केन्द्रीत रहेकाले अव मुलुकको आर्थिक विकासले गति लिने अपेक्षा अध्यक्ष ढकालले गरे । पर्यटन, लघुजलविद्युत र कृषि जस्ता क्षेत्रमा बागलुङको अत्यन्तै सम्भावना भएकाले आफु र आफु सम्बद्ध संस्थाहरु बाग्लुङको आर्थिक विकासमा सबैसँग सहकार्य गरि अगाडी बढ्न तयार रहेको जानकारीसमेत दिए ।

गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले उद्घाटन गरेको उक्त महोत्सवको उद्घाटन सत्रलाई माओवादी सांसद देबेन्द्र पौडेल र डा. सूर्य पाठक लागायत स्थानीय उद्योगी ब्यवसायी र राजनीतिक दलका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।
विक्रम सम्बत् २०६४ मा स्थापित आइएमई ग्रुप व्यवसायिक संस्था हो । यसले रेमिटेन्स, बैंक तथा वित्तीय संस्था, इन्स्युरेन्स, पर्यटन, जलविधुत, अटोमोबाइल , सूचना–प्रविधि, ट्राभल्स एण्ड टुर्स र ब्यापारका अन्य क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस