वाणिज्य बैंक र निओ रेमिटबीच सहकार्य

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिट तथा युनाइटेड रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै विश्वका जुनसुकै देशमा रहेका आफन्तहरूले निओ रेमिट तथा युनाइटेड रेमिटबाट पठाएको वैदेशिक रेमिट्यान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका दुई सय ९४ शाखा कार्यालयबाट भुक्तानी पाउन सक्ने बताइएको छ ।

साथै उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुने बैंकले जनाएको छ । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख ऋषिराम ढकाल, निओ मनि ट्रान्सफर प्रालि (निओ रेमिट) का प्रमुख कार्यकारी अधिकृत सागर खनाल र युनाइटेड रेमिटका सुदनसिंह सिलवालले हस्ताक्षर गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्राइम कमर्सियल बैंकले गर्‍यो रक्तदान कार्यक्रम

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरीलगायत प्रादेशिक कार्यालयमा आयोजना …

प्रतिकृया दिनुहॊस