एनसीसी बैंकको नयाँ शाखा कावासोती र चनौलीमा

काठमाडौं। एनसीसी बैंकले नवलपरासी जिल्लाको कावासोती नगरपालिका, वडा नं. २ र चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १८, चनौलीमा एक औपचारिक कार्यक्रमबीच आफ्नो शाखाहरु स्थापना गरेको छ ।कावासोती शाखाको उद्घाटन एनसीसी बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गरे ।

त्यस्तै चितवको चनौली शाखाको उद्घाटन बैंकका सञ्चालक डा. कैलाश पतिन्द्र अमात्यले गरेका छन् । उनले उद्घाटनको अबसरमा उक्त क्षेत्रका जनताको आर्थिक क्रियाकलापमा बैंकले सहयोग पुयाउने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले चनौली क्षेत्रको समग्र आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यले सो ठाउँमा शाखा सञ्चालनमा ल्याएको बताएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस