घनघोर वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी देशभर ११२ को मृत्यु, ६२ बेपत्ता

काठमाडौं । बाढी-पहिरो र डुबानमा परी हालसम्म १२९ जना जनाको मृत्यु भएको छ भने ६२ जना बेपत्ता भएका छन् ।

नेपाल प्रहरीका अनुसार विपद्मा परी ८६ जना घाइते भएका छन् भने अहिलेसम्म ३ हजार २६६ भन्दा बढीको उद्धार गरिएको छ ।

बाढी पहिरोमा परी सबैभन्दा बढी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु, पाँचथ र भक्तपुरमा ५-५ जनाको ज्यान गएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि २० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा थप ७ वटा शव फेला

काठमाडाैं । धादिङको झ्याप्ले खोला क्षेत्रमा थप ७ वटा शव भेटिएका छन् । पहिरोमा पुरिएको …

प्रतिकृया दिनुहॊस