बाढीपीडितलाई सिटिजन्सको सहयोग

काठमाडौं । सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । देशभर अविरल वर्षाबीच बाढीपहिरोपीडितको राहतका लागि बैंकले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री राहत कोषमा उक्त रकम उपलब्ध गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताउनुभएको छ । यसपटक बाढीपहिरोका पीडितका लागि प्रधानमन्त्री राहत कोषलाई रकम सहयोग प्रदान गर्ने सिटिजन्स बैंक पहिलो बैंक हो ।

यसैबीच बैंकको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त हुनुभएको छ । २०६४ सालमा बैंक स्थापनादेखि नै सिटिजन्स बैंकमा आबद्ध उहाँले बैंकको सूचना अधिकारीका अतिरिक्त प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृतको समेत भूमिका निभाउँदै आउनुभएको थियो ।

अधिकारीसँँग २० वर्षको बैंकिङ अनुभव रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर उहाँ शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल मानिनुहुन्छ । बैंकका अनुसार अधिकारीले बैंकको सामान्य सेवा विभाग, मानव संसाधन विभाग र कर्पोरेट कम्युनिकेसन विभागसमेतको जिम्मेवारी वहन गर्दै आउनुभएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वाणिज्य बैंक र निओ रेमिटबीच सहकार्य

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिट तथा युनाइटेड रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको …

प्रतिकृया दिनुहॊस