अब टेलिकमको प्रिपेड मोबाइलमा सापटी पाइने

काठमाडौं। नेपाल टेलिकमले १५ औं बार्षिकोत्सवका अवसर पारेर प्रिपेड मोबाइलमा सापटी योजना सुरु गरेको छ । नेपाल टेलिकमका उपभोक्ताले कम्पनीसँग सापटीमा ब्यालेन्स लिए वापत अतिरिक्त शुल्क तिर्नु पर्ने छैन् ।

सापटी योजनाका लागि कम्पनीले नमस्ते क्रेडिट सेवा आगामी  एक महिना भित्र व्यवसायीक रुपले सञ्चालनमा ल्याउनेछ ।

ग्राहकले पैसा सकिएपछि पनि कति बेरसम्म कुरा गर्न पाउने भन्ने विषय पूर्ण कार्यान्वयनमा आउनुअघि निर्धारण हुने भएको हो । ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काटिने छ ।

उक्त सेवाको संचारमन्त्री मोहनबहादुर बस्नेतले आज एक कार्यक्रमका बीच सुरुवात गरेका हुन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री