आइएमईको दशैंमा बीस लाख योजनाको पहिलो विजेता घोषणा

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः– दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ ।

आइएमई सेवाग्राही नेत्र बहादुर मल्ल पहिलो महिनाको विजेता घोषित भएका छन्। बिजेता सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’बाट छनौट गरेको कम्पनीले जनाएको छ। मल्लले नगद १ एक लाख रुपैयाँ प्राप्त गर्ने छन्। असोज ७ गते देखि मङ्गसिर मसान्तसम्म लागू हुने यस योजनामा अहिलेसम्म मासिक ‘लक्कीड्र’बाट एक जना, साप्ताहिक ‘लक्कीड्र’बाट पाँच जना र दैनिक ‘लक्कीड्र’बाट तीन सय जना विजेता घोषित भइसकेको कम्पनीको भनाइ छ।

योजनामा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सेवाग्राही सहभागी हुनसक्ने छन्। योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्कीड्र’बाट छनोट हुने विजेतामध्ये हरेक दिन १० जनालाई ‘आइएमई पे’मार्फत १००० रुपैयाँको बिलभुक्तानी गर्ने जनाएको छ।

हरेक हप्ता १ जनालाई १० हजार रुपैयाँ नगद, हरेक महिना १ जनालाई १ लाख रुपैयाँ नगद तथा बम्परमा १ जनालाई २०(बिस) लाख रुपैयाँ प्रदान गरिने बताइएको छ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मिसिका फाउन्डेसनले गर्‍यो विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सामग्री वितरण

काठामाडौं । मिसिका फाउन्डेसनले चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोलास्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो …

प्रतिकृया दिनुहॊस