जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँड (कसरी हेर्ने?)

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर बाँडफाँड भएको छ ।

संस्थाको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २७ लाख ९ हजार ८५५ वटा आवेदनहरुबाट ३ करोड ३१ लाख ४७ हजार १५० कित्ताको लागि जम्मा आवेदन परेको थियो ।

सि–आश्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाहरुबाट विभिन्न कारणबाट १ लाख १८ हजार १५३ जना आवेदकहरुबाट २४ लाख ३० हजार ३२० कित्ता सेयरलाई रद्ध गरेपश्चात बाँकी रहेको २५ लाख ९१ हजार ७०२ जना आवेदकहरुबाट प्राप्त ३ करोड ७१ लाख ६ हजार ८३० कित्ता सेयर मध्ये सिडीएस एण्ड क्यिरीङ्ग लिमिटेडबाट ४८ हजार ४३ जना आवेदकहरुलाई शंकास्पद सूचीमा समावेश गरेको र सो विवरणलाई रुजु गर्दा ४ हजार २९० जना आवेदकहरुबाट प्राप्त ५० हजार ६०० कित्ता सेयरहरु दोहोरो आवेदन परेकोले सो आवेदनलाई रद्ध गरी २५ लाख ८७ हजार ४१२ जना आवेदकहरु मार्फत प्राप्त जम्मा ३ करोड ६६ लाख ६ हजार १९० कित्ता सेयर मध्येबाट ४८ हजार ७९० जनालाई न्यूनतम १० इकाईका दरले बाँडफाँड गरिएको छ ।

प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई माघ २१ गतेदेखि २५ गतेसम्म सार्वजनिक निष्काशन खुल्ला गरेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्काशन गरिएको कूल सेयर ५ लाख २२ हजार कित्ता साधारण सेयर मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर २६ हजार १०० कित्ता तथा कर्मचारीहरुलाई ८ हजार कित्ता छुट्याई बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशन रकमकोे करिब ६५.६३ गुणासम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । अन्ततः सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको छ …

प्रतिकृया दिनुहॊस