सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मुल्य प्रतितोलामा एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ९५ हजार ५०० रुपैँया कायम भएको छ ।

अघिल्लो साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार तेजावी सुनको मुल्य तोलाको ९५ हजार निर्धारण भएको छ । साताको पहिलो दिन आइतबार चाँदीको मूल्य पनि प्रतितोलामा २० रुपैँयाले बढेको छ ।

शुक्रबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ३०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री