बैंकिङ्ग

ओम डेभलपमेन्ट बैंकको मेरो बचत खाता संचालनमा

काठमाडौँ । ओम डेभलपमेन्ट बैंकले मेरो बचत खाता सञ्चालनमा ल्याएको छ । खोलौं खाता अभियान २०७६ लाई सफ बनाउने उद्देश्यले बैंकले उक्त नयाँ बचत खाता संचालनमा ल्याएको हो । बैंक खाता नभएका ग्राहकहरुले खोलेको खातामा बैंकको तर्फबाट १ सय रुपैंया जम्मा गरिदिनुका साथै पोखरा महानगरपालिका भित्र खाता खोल्ने ग्राहकहरुलाई महानगरपालिका भित्र चल्ने बस तथा अन्य सेवाहरुमा प्रयोग हुने स्मार्ट कार्ड समेत निशुल्क प्रदान गर्नेछ बैंकले जनाएको छ । साथै, बैंकले …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकले ल्यायो बीमा सुविधा सहितको सिटिजन्स विशेष बचत खाता

काठमाडौं ।  सिटिजन्स बैंकले १२ औँ उत्सवका अवसरमा आफ्ना ग्राहकहरुको लागि बीमा सुविधा सहितको सिटिजन्स विशेष बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले यस बचत खाता अन्तर्गत आफ्ना बचतकर्ताहरु लाई १ लाख सम्मको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) सुविधा प्रदान गर्ने भएको छ । यसका साथै बैंकले ७ लाख सम्मको दुर्घटना (मृत्यू) बीमाको सुविधा प्रदान गर्ने भएको छ । बैंकले १३ औँ वर्ष प्रवेश गरेको अवसरमा सो बचत खाता योजना …

पुरा पढ्नुहॊस »

एशियन लाईफ इन्स्योरेन्स र सनराइज बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौँ । एशियन लाईफ इन्स्योरेन्स  र सनराइज बैंकबीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतामा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र  इन्स्योरेन्सका तर्फबाट प्रमुख  कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका सबै शाखाबाट एशियन लाईफ इन्स्योरेन्सको जीवन बीमा योजना बिक्री गर्न सक्ने छ ।  

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैंकको नाफा बढ्यो

काठमाडौं । नेपाल एसबिआई बैंकले ९ महिनामा १५८ करोड नाफा कमाएको छ । चालु आर्थिक बर्षको चैत मसान्त अवधीमा बैंकले २०७४ चैत मसान्तको तुलनामा २१ करोडले नाफा बढाएर १५८ करोड पुर्याएको हो । २०७५ चैत मसान्तमा बैंकले १३७ करोड नाफा आर्जन गरेको थियो । बैंकले पछिल्लो ३ महिनामा १६ अर्बले निक्षेप वृद्धि गरेर एक खर्बको आँकडामा पुर्याएको छ । बैंकको कर्जा  पछिल्लो ३ महिनामा ८६ अर्बबाट बढाएर ८९ अर्ब पुर्याएको …

पुरा पढ्नुहॊस »

बिदेशबाट ऋण ल्याएर लगानी गर्न गर्दै एनएमबी बैंक, ओपेक फण्डबाट फेरि २ अर्ब ल्याउँदै

काठमाडौं। एनएमबी बैंकले २ अर्बभन्दा बढि रकम विदेशी संस्थाबाट ल्याउन प्रकृया थालेको छ। बैंकले अहिलेसम्म साढे ३ अर्ब रुपैयाँ हाराहारी भित्र्याउने स्वीकृति पाइसकेको छ। यसमध्ये ५० करोड रुपैयाँ हाराहारी भित्र्याउन बाँकी छ। बैंकले नयाँ २० मिलियन डलर (दुई अर्ब रुपैयाँमाथि) का लागि अस्ट्रियाको कम्पनीसँग प्रकृया अगाडि बढाएको हो। उताको कम्पनीले ब्याज आम्दानीमा लाग्ने करका बिषयमा प्रश्न उठाएको छ। नेपालमा ब्याज आम्दानीमा १५ प्रतिशत कर लाग्छ। पैसा दिने कम्पनीले दोहोरो करका …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको ५ नयाँ शाखा संचालनमा

काठमाडौं । एन आई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले मध्यपुर थिमी नगरपालिका वडा नं. ६ मा नयाँ शाखा संचालनमा ल्याएको छ । त्यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित गोठाटार शाखा, सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट शाखा, चद्रागिरी नगरपालिका वडा नं. ११ सतुंगलचोकमा र बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ मा नयाँ शाखा …

पुरा पढ्नुहॊस »

तिलगंगा आँखा अस्पताललाई स्ट्याण्डर्ड चार्टर्ड बैंकको वित्तिय सहायता

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ‘देखिनु नै विश्वास गर्नु हो’ भन्ने पाँचौं चरणको कार्यक्रम अन्तर्गत तिलगंगा आँखा अस्पताललाई  २४ लाख ६८ हजार ३ सय ९९ रुपैयाँ सहयोग गरेको छ । यो आर्थिक सहायता बैंकले तिलगंगा आँँखा अस्पतालको मुख्य विस्तार योजनालाई वित्तिय सहायता प्रदान गर्ने सम्बन्धमा पहिले गरेको सहमती अनुसार युएस डलर १.० मिलियन (युएस डलर १०० मिलियन) मध्येको एक हिस्सा हो । यस परियोजनाको प्रमुख उद्देश्य ग्रामीण तथा नगरोन्मुख …

पुरा पढ्नुहॊस »

पूर्णिमा विकास बैंकको नाफा ५ करोड ६७ लाख

काठमाडाैँ । ५५ करोड १२ लाख ८३ हजार रुपैयाँ चुक्ता पुँजी भएको पूर्णिमा विकास बैंकको नाफा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ लाख रुपैयाँले घटेको छ । गत आर्थिक वर्षमा बैंकले ५ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो भने चालु आथिृक वर्षमा ५ करोड ६७ लाख ५८ हजार रुपैयाँ मात्रै नाफा कमाउन सफल भएको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । निक्षेप तथा कर्जा चालू आवको तेस्रो त्रैमाससम्मा …

पुरा पढ्नुहॊस »

कन्काई विकास बैंकद्धारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

काठमाडाैँ । कन्काई विकास बैंकले विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकले अन्तर्रा्ष्ट्रिय संस्था लुथरन वल्र्ड फेडेरेशनको सहकार्यमा झापा जिल्ला कचनकवल गाउँपालिका वडा नं.५स्थित श्री जानकी आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश मान बज्राचार्य र फेडेरेशनको तर्फबाट हुकुम सार्कीको उपस्थितिमा उक्त सामाग्री वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत विपन्न छात्रछात्राहरुलाई सहयोगस्वरुप स्कुल ब्याग, कापी, कलम लगायतका शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । …

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकको “गण्डकी समृद्धि बचत खाता” सञ्चालनमा

काठमाडाैँ । गण्डकी विकास बैंकले “गण्डकी समृद्धि बचत खाता” संचालनमा ल्याएको छ । खोलौ बैंक खाता अभियान २०७६ लाई सफल पार्नका लागि बैंकले उक्त नयाँ खाता सञ्चालनमा ल्याएको हो । यस खाता अन्तरगत खाता खोल्ना साथ बैंकले १ सय रुपैयाँ बैंकमा नै जम्मा गरिदिनेछ भने ग्राहकले शुन्य मौज्दातमै खाता खोल्न सक्नेछन् । “सबै नेपालीको समृद्धिको आशा खोलौ गण्डकीमा समृद्धि बचत खाता” भन्ने नाराका साथ शुरु गरेको यस खातामा निः शुल्क …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds