कन्काई विकास बैंकद्धारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

काठमाडाैँ । कन्काई विकास बैंकले विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकले अन्तर्रा्ष्ट्रिय संस्था लुथरन वल्र्ड फेडेरेशनको सहकार्यमा झापा जिल्ला कचनकवल गाउँपालिका वडा नं.५स्थित श्री जानकी आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश मान बज्राचार्य र फेडेरेशनको तर्फबाट हुकुम सार्कीको उपस्थितिमा उक्त सामाग्री वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत विपन्न छात्रछात्राहरुलाई सहयोगस्वरुप स्कुल ब्याग, कापी, कलम लगायतका शैक्षिक सामग्रीहरु वितरण गरिएको छ ।

हालसम्म बैंकले १६ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after