शैक्षिक मेला : विद्यार्थी र अभिभावकलाई मार्गनिर्देशनको सुनौलो अवसर (भिडिओ)

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले ‘१५औं इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ आयोजना गरेको छ । इक्यानले बुधबार काठमाडौंको एभरेष्ट होटलमा शैषिक मेला आयोजना गरेको हो ।

मेलामा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको छ । अभिभावक र विद्यार्थीहरूलाई शिक्षासम्बन्धी सही जानकारी तथा परामर्श प्रदान मेला आयोजना गरिएको इक्यान अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए । उनकाअनुसार मेला विशेषतः विदेशमा उच्च शिक्षा हासिल गर्ने सोच बनाइरहेका विद्यार्थीहरू र उनीहरूका अभिभावकका लागि निकै महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

मेलामा सहभागी विद्यार्थीहरूले आफूले चासो राखेका देशका विश्वविद्यालय र कलेजहरूका बारेमा प्रत्यक्ष जानकारी लिन सक्ने अवसर प्राप्त गर्ने अध्यक्ष भट्टराइैले बताए ।

मेलामा भारत, चीन, बंगलादेश, श्रीलंकालगायत अन्य विभिन्न मुलुकका विश्वविद्यालय र कलेजहरूको सहभागिता छ । नेपालमै रहेका उच्च शिक्षा प्रदान गर्ने प्रतिष्ठित कलेजहरूका प्रतिनिधिहरूले पनि मेलामा आफ्नो उपस्थित गराउँदै विद्यार्थीहरूलाई शैक्षिक कोर्सहरूबारे विस्तृत जानकारी दिइरहेका छन् ।

शैक्षिक मेलामा सहभागी विद्यार्थीहरूले शैक्षिक गन्तव्यहरूको जानकारी पाउँदा खुसी लागेको बताएका छन् । सहभागि विद्यार्थी समृद्धी लम्साल र तपेन्द्र रावतले उपयुक्त विश्वविद्यालय छनोट गर्न सहयोग पुगेको बताए । मेलामा जहाँ विद्यार्थी तथा अभिभावकहरूले प्रत्यक्ष रूपमा परामर्श सेवा प्राप्त गर्न र आफ्ना प्रश्नहरूको उत्तर पाउनेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गर्ने पुरुष पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गरेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका–१ बस्ने ३८ वर्षीय सुरेन्द्र …

प्रतिकृया दिनुहॊस