१५ जना बङ्गलादेशी पक्राउ, अध्यागमन विभागमा बुझाइयो

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ बङ्गलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

उक्त कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढङ्गले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा काठमाडौँ महानगरपालिका–२६ ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको हो । उनीहरूलाई अध्यागमन विभाग पठाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भारी वर्षाको सम्भावना छ, यात्रामा सावधानी अपनाउनुस् : विपद्‌ प्राधिकरण

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै १८ गतेसम्म भारी वर्षाको सम्भावना कायम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds