गण्डकी विकास बैंकको “गण्डकी समृद्धि बचत खाता” सञ्चालनमा

काठमाडाैँ । गण्डकी विकास बैंकले “गण्डकी समृद्धि बचत खाता” संचालनमा ल्याएको छ । खोलौ बैंक खाता अभियान २०७६ लाई सफल पार्नका लागि बैंकले उक्त नयाँ खाता सञ्चालनमा ल्याएको हो ।

यस खाता अन्तरगत खाता खोल्ना साथ बैंकले १ सय रुपैयाँ बैंकमा नै जम्मा गरिदिनेछ भने ग्राहकले शुन्य मौज्दातमै खाता खोल्न सक्नेछन् । “सबै नेपालीको समृद्धिको आशा खोलौ गण्डकीमा समृद्धि बचत खाता” भन्ने नाराका साथ शुरु गरेको यस खातामा निः शुल्क अन्तर शाखा कारोवार , एटिएम सुविधा, वार्षिक ७ प्रतिशत व्याजदर, निःशुल्क शेयर आवेदन फारम भर्न सकिने साथै अन्य थुप्रै सुविधाहरु सहितको विशेषता रहेको छ ।

हालसमम बैंकले ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको लगायतका विभिन्न सेवा तथा सुविधाहरु आफ्ना ग्राहकलाई प्रदा नगर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after