काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र बिराट मेडिकल कलेज शिक्षण अस्पताल तथा बिराटनगर अस्पतालबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि सम्झौता सम्पन्न भएको छ । विशेष गरी प्रदेश नं. १ का ग्राहकको सुविधालाई मध्येनजर गरी दुबै अस्पतालसँग सम्झौता गरिएको हो । सम्झौताअनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा उपभोगका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड …
पुरा पढ्नुहॊस »प्रभु बैंकको एक्सटेन्सन काउण्टर श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसरमा
काठमाडौँ । प्रभु बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका तिनपैनी वडा नं-३ स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालन गरेको छ । बैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि आवाश्यक श्रम स्वीकृति वापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा र सुविधाको लागि विहीबारदेखि एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । उक्त काउन्टरको शुभारम्भ विराटनगर महानगरपालिका स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद संजेलले गरेका हुन् । बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरु …
पुरा पढ्नुहॊस »रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप १४ शाखा रहित बैकिङ्ग सेवा
काठमाडाैँ । माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश १ को झापा र मोरङमा १४ शाखा रहित बैकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले झापाका विभिन्न १३ स्थान र मोरङको लेटाङ्गमा १ गरी कुल १४ वटा स्थानमा शाखा रहित बैकिङ्ग सेवाको औपचारिक सुरुवात गरेको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना शाखा रहित बैंकिङ्ग सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पु¥याइरहेको छ । यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ९७ …
पुरा पढ्नुहॊस »गरिमा विकास बैंकको नाफा ४२ करोड ३७ लाख
काठमाडौँ । गरिमा विकास बैंकले सबैभन्दा धेरै नाफा कमाएको विवरण प्रकाशित गरेको छ । गरिमा विकास बैंकले अहिलेसम्म ४२ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा २८ करोड १५ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।
पुरा पढ्नुहॊस »एनआईसी एशिया बैंकका ग्राहकलाई ह्याम्स हस्पिटलमा १०% सम्मको छुट
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र धुम्बाराही स्थित ह्याम्स हस्पिटल बीच स्वास्थ्य सेवामा छुट सम्वन्धि सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई ह्याम्स हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट ह्याम्स …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंकद्धारा करुणा फाउण्डेशनलाई व्हील चेयर वितरण
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत करुणा फाउण्डेशन नेपाललाई स्पेशल व्हील चेयर सहित २१ थान व्हील चेयर हस्तान्तरण गरेको छ । बैंकको बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख गणेश अवस्थीले करुणा फाउण्डेशन नेपालका कार्यकारी निर्देशक दिपकराज सापकोटालाई व्हील चेयरहरु हस्तान्तरण गरेका हुन् । करुणा फाउण्डेशन नेपाल वि.स.२०७२ देखि इलाम र सुनसरी जिल्लामा अपाङ्गता रोकथाम र अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको जीवनमा गुणस्तरीय सुधार ल्याउन क्रियाशिल रहिआएको …
पुरा पढ्नुहॊस »नालामा सनराइज बैंकले खोल्यो शाखारहित बैंकिङ्ग सेवा
काठमाडौँ । सनराइज बैंक लिमिटेडले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ४, नालामा २९ औँ शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठ उद्घाटन गरे । सो अवसरमा बनेपा महानगरपालिकाका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका साथै बैंकका अन्य उच्च पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि अशोक श्रेष्ठलाई पोइन्ट अफ सेल मेसिन भक्तपुर …
पुरा पढ्नुहॊस »३६ प्रतिशत वृद्धि हुँदा कुमारीको नाफा १०० करोड नाघ्यो
काठमाडौं । कुमारी बैंकको ९ महिनाको नाफा १०० करोड नाघेको छ । बैंकले चालु आर्थिक वर्षको नाफा १ अर्ब ३२ लाख रुपैंया पुर्याएको हो । यो नाफा अघिल्लो वर्षको सोही समयको तुलनामा करिब ३६ प्रतिशत बढी हो । नाफामा वृद्धिसँगै बैंकको अन्य वित्तीय परिसूचकहरुमा पनि सन्तुलित सुधार आएको छ । रिजर्भको आकार ३७ करोडले बढेर २ अर्ब १६ करोड पुगेको हो । त्यस्तै, बैंकको अवितरित नाफाको आकार १ अर्ब ५२ …
पुरा पढ्नुहॊस »यस्तो छ एनआईसी एशिया बैंकको क्यास व्याक तथा डिस्काउन्ट योजना
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले राष्ट्रिय सुचना तथा संञ्चार प्रविधि दिवसको अवसरमा डिजिटल पेमेन्टहरुमा क्यास व्याक तथा डिस्काउन्ट योजना सार्वजनिक गरेको छ । उक्त योजनाहरुमा बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैंक मार्फत झुक्तानी गर्दा १०% तथा उच्चतम १ हजारसम्मको क्यास व्याक तथा डिस्काउन्ट प्राप्त गर्न सकिन्छ । यो योजना राष्ट्रिय सुचना तथा संञ्चार प्रविधि दिवसको दिन बैंशाख १९को दिन मात्र लागु हुनेछ । …
पुरा पढ्नुहॊस »एनआईसी एसिया बैंकको कार्डबाट ‘खल्ती’मा पैसा राख्दा १० प्रतिशत बोनस
काठमाडौं । राष्ट्रिय आईसीटी दिवस २०१९ को अवसरमा खल्ती र एनआईसी एशिया बैंकले एक विशेष बोनस अफरको घोषणा गरेका छन्। उक्त अफरमा बैंकद्वारा जारी क्रेडिट तथा डेबिट कार्डहरू प्रयोग गरेर खल्ती वालेटमा फण्ड लोड गर्दा प्रयोगकर्ताले १० प्रतिशत अतिरिक्त बोनस प्राउने बैंकले जनाएको छ। यो योजना मे २, (बैशाख १९) एक दिनको लागि मात्र लागू हनेछ। बैंकका अनुसार बैंकद्वारा जारी गरिएका कार्डहरू मार्फत आफ्नो खल्ती खाता लोड गर्दा प्रयोगकर्ताहरूले तुरुन्तै …
पुरा पढ्नुहॊस »