बाढीपीडितहरुलाई अख्तियार प्रमुख र आयुक्तहरुको सात दिनको तलब

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, आयुक्त, सचिव, सहसचिव, उपसचिवलगायत कर्मचारीहरूले तलब बापतकाे सात दिनकाे रकम बाढी–पहिरो पीडितलाई सहयोग गर्ने भएका छन् ।

बुधबार अख्तियारका प्रवक्ता नरहरि घिमिरेले एक विज्ञप्ति जारी गर्दै बाढी–पहिरो पीडितहरूलाई केही दिनको तलबबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । प्रमुख आयुक्त-आयुक्तहरूले आफ्नो सात दिनको तलब बाढी–पहिरो पीडितको सहयोगका लागि दिने भएका हुन् । अख्तियारमा प्रमुख आयुक्त एक जना र चार जना आयुक्तहरू छन् ।

त्यस्तै सचिवले पाँच दिनको, सहसचिव र उपसचिवस्तरका कर्मचारीहरूको तीन दिन, शाखा अधिकृत वा सो सरहका कर्मचारीहरूको दुई दिन र अन्य कर्मचारीहरूको एक दिनको तलब बराबरको रकम प्रदान गर्ने भएको हो । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने अख्तियारले निर्णय गरेको प्रवक्ता घिमिरेले जानकारी दिए ।

गत शनिबार आएको बाढी–पहिरोले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ लगायत जिल्लामा असर परेको छ । बुधबारसम्म २२८ जनाको मृत्यु भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । २५ जना अझै बेपत्ता छन् । अहिलेसम्म तीन वटै सुरक्षा निकायले १४ हजार ८०२ जना बढी मानिसको उद्धार गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दशैंका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर युवक-युवतीको मृत्यु

काठमाडौं । हुम्लामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds