राष्ट्रिय वाणिज्य बैंकको कल सेन्टर २४ सै घण्टा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजास्थित रहेको कल सेन्टर अब २४ सै घण्टा सञ्चालन हुने भएको छ ।

बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर २४ सै घण्टा जानकारी लिन सकिनेछ ।

बैंकको सेवाका बारेमा जानकारी लिन चाहनेलाई थप सहज भई बैंकको गुणस्तरीय बैंकिङ सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा गरिएको बैंकले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप