पूर्णिमा विकास बैंकको नाफा ५ करोड ६७ लाख

काठमाडाैँ । ५५ करोड १२ लाख ८३ हजार रुपैयाँ चुक्ता पुँजी भएको पूर्णिमा विकास बैंकको नाफा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ लाख रुपैयाँले घटेको छ । गत आर्थिक वर्षमा बैंकले ५ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो भने चालु आथिृक वर्षमा ५ करोड ६७ लाख ५८ हजार रुपैयाँ मात्रै नाफा कमाउन सफल भएको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

निक्षेप तथा कर्जा
चालू आवको तेस्रो त्रैमाससम्मा बैंकले ३ अर्ब ४३ करोड १९ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १२ करोड ३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षमा २ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो भने २ अर्ब ४२ करोड कर्जा लगानी गरेको थियो ।

ब्याज आम्दानी
चालु आथिृक वर्षको तेस्रो त्रैमासमा बैंकले १३ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यसले व्याज आम्दानीबाट ३३ करोड १२ लाख कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ११ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सुचकहरु
प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७३ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय २६ रुपैयाँ ७६ पैसा रहेको छ । तरलता अनुपात ३१ दशमलव ११ प्रतिशत रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गरिमा बैंकद्धारा १८औं वार्षिकोत्सवको अवसरमा ‘Garima Road Race Competition -2081’ आयोजना गरिने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा मिति २०८१ मंसिर ८ गते शनिवार …

प्रतिकृया दिनुहॊस