नेपाल एसबिआई बैंकको नाफा बढ्यो

काठमाडौं । नेपाल एसबिआई बैंकले ९ महिनामा १५८ करोड नाफा कमाएको छ । चालु आर्थिक बर्षको चैत मसान्त अवधीमा बैंकले २०७४ चैत मसान्तको तुलनामा २१ करोडले नाफा बढाएर १५८ करोड पुर्याएको हो ।

२०७५ चैत मसान्तमा बैंकले १३७ करोड नाफा आर्जन गरेको थियो । बैंकले पछिल्लो ३ महिनामा १६ अर्बले निक्षेप वृद्धि गरेर एक खर्बको आँकडामा पुर्याएको छ । बैंकको कर्जा  पछिल्लो ३ महिनामा ८६ अर्बबाट बढाएर ८९ अर्ब पुर्याएको छ ।  खुद ब्याज आम्दानी ३ अर्ब ५७ करोड आर्जन गरेको छ ।

८ अर्ब ४४ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५६ करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २५ रुपैंयाँ २६ पैसा छ भने प्रति सेयर नेटवर्थ १५९.५६ रुपैंयाँ छ ।  बैंकको खराब कर्जा ०.१९ प्रतिशत छ ।

बैंकको स्प्रेड दर ४.८० प्रतिशत कायम हुँदा सीडी रेसियो ७५.५८ प्रतिशत छ । बैंकको आधार ब्याजदर ९.७३ प्रतिशत छ भने कष्ट अफ फण्ड ५.८६ प्रतिशत रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गरिमा बैंकद्धारा १८औं वार्षिकोत्सवको अवसरमा ‘Garima Road Race Competition -2081’ आयोजना गरिने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा मिति २०८१ मंसिर ८ गते शनिवार …

प्रतिकृया दिनुहॊस