बैंकिङ्ग

जनता बैकंको सहयोग

काठमाडौँ । जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत भरतपुर आँखा अस्पताल, चितवनलाई रु.२ लाख ६० हजार बराबरको २० थान थ्री सिटर आगन्तुक कुर्सी प्रदान गरेको छ । बैंकको भरतपुर क्षेत्रीय उपप्रमुख संजय शर्माले नेपाल नेत्र ज्योती संघ भरतपुरका अध्यक्ष कृष्णराज धरेललाई एक कार्यक्रमका बिच उक्त सामाग्री हस्तान्तरण गरे । भरतपुर आँखा अस्पताल नेपाल नेत्र ज्योती संघद्वारा संचालित गैर नाफामुलक अस्पताल हो । यस अस्पतालले चितवन लगायत आसपासका जिल्लामा गुणस्तरीय आँखा …

पुरा पढ्नुहॊस »

ग्रीन डेभलपमेन्ट बैंकको शाखा बाग्लुङ बसपार्कमा

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले पोखरा महानगरपालिका -२ बाग्लुङ्ग बसपार्कमा शाखा आफ्नो नयाँ शाखा खोलेको छ । पोखरा महानगरपालिका वडा नं २ का अध्यक्ष रामेश्वर मल्ल , बैंङ्कका अध्यक्ष गणेश कुमार श्रेष्ठ र बैंङ्कका शेयरधनी दिपशंकर श्रेष्ठले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन ।  

पुरा पढ्नुहॊस »

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको शाखा बिराटनगरको तिनपैनीमा

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा बिराटनगरको तिनपैनीमा संचालनमा ल्याएकोे छ ।  यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यस नयाँ शाखाकोसाथ लक्ष्मी बैंकको संजाल ४ ६जिल्लामा १०३ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १२५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको शाखा ढुंगेधारामा

काठमाडौँ । प्रभु बैंकले काठमाडौँ महानगरपालिकावडा नं. १५, ढुंगेधारामा  शाखा कार्यालय सञ्चालन गरेको छ । बैंकको ढुंगेधारा शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले एक समारोह बीच उद्घाटन गरेका हुन् । प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष देविप्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न भएको ढुंगेधारा शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले शुभकामना मन्तव्य व्यक्त गरे । प्रमुख अतिथिको तर्पmबाट मन्तव्य राख्दै डेपुटी गभर्नर श्रेष्ठले प्रभु बैंकले …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको शाखा स्याङ्गजाको झलुङ्गेमा

काठमाडौँ । कामना सेवा विकास बैंकले  स्याङ्गजा जिल्लाको वालिङ नगरपालिका वडा नं.१३ स्थित झलुङ्गेमा  ८४औं शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ ।बैंकका संचालक बलराम बराल तथा बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा संचालक बरालले बैंकको संक्षिप्त जानकारी गराउँदै व्यापार प्रर्वधनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा जानकारी दिए ।

पुरा पढ्नुहॊस »

सिटिजन्स् बैंक र प्रभु इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । प्रभु इन्स्योरेन्स र सिटिजन्स् बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा  इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले तथा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौत पश्चात बैंकका ग्राहकहरुले प्रभु इन्स्योरेन्सको बीमा सेवा पाउने छन् ।

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा सुनसरीको देवानगञ्जमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सुनसरीको देवानगञ्ज गाँउपालिकामा आफनो  शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन  देवानगञ्ज गाँउपालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले गरिन् ।  समारोहमा इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायत बैंकका कर्मचारी तथा स्थानीय महानुभावहरुको उल्लेख्य सहभागिता रहेको थियो । देवानगञ्ज गाँउपालिका वडा नं. २ देवानगञ्ज बजारमा खोलिएको यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तिय सुविधा प्रदान गर्ने लक्ष्य राखिएको छ ।  

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकको नाफा घट्यो

काठमाडौं । सेञ्चुरी बैंकको नाफा घटेको छ । अघिल्लो आ. व.को ९ महिनामा कमाएको ६७ करोड १५ लाख रुपैंया नाफाको तुलनामा बैंकको नाफा करिब ९ प्रतिशतले घटेर ६१ करोड ६ लाख रुपैंयामा सीमित भएको हो । कर्जाको आकारमा १०/१० अर्बको सुधार र खुद ब्याज आम्दानीमा उल्लेख्य सुधारका बाबजुद सञ्चालन तथा कर्मचारी खर्चमा वृद्धि हुँदा बैंकको नाफा घट्न पुगेको हो ।  

पुरा पढ्नुहॊस »

सिभिल बैंकको नाफा बढ्यो

काठमाडौं । सिभिल बैंकले चालु आ. व.को पहिलो ९ महिनामा ४९ करोड ३८ लाख रुपैंया खुद नाफा कमाएको छ । बैंकले उक्त अवधिमा नाफाको आकारमा ४७.२० प्रतिशत वृद्धि गर्न सफल भएको हो । अघिल्लो वर्ष ९ महिनामा बैंकको नाफा ३३ करोड ५५ लाख रुपैंयामा सीमित थियो । बैंकको खुद ब्याज आम्दानीमा अपेक्षित सुधार हुँदा बैंकको नाफामा त्यस्तो सुधार देखिएको हो । बैंकको एनपीएल ३.९६ प्रतिशत, कस्ट अफ फण्ड ८.४० प्रतिशत, …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds