नेशनल बैंकिग ईन्स्टिच्यूट र कामना सेवा विकासबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

काठमाडौं ।  नेशनल बैंकिग ईन्स्टिच्यूट  र कामना सेवा विकास बैंकबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता भएको छ ।  NBI  को तर्फबाट सहायक महा प्रबन्धक धन थापा र  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले उक्त वित्तीय साक्षरता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।


यस सम्झोैतापत्र अनुसार  NBI ले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरुबारे कामना सेवा विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ ।

बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई NBI  Mobile App  बारे ज्ञान दिलाई आ –आफ्नो ग्राहकमा वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्ने भएकाे छ ।

साथै  बैंकले   NBI एप् मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ ।

यसरी दुई संस्थाहरु एउटै महान् उद्देश्यको लागि साझेदारी गरि अघि बढ्नाले बचत गर्ने र व्यवसाय सन्चालनबारे जागरुक्ता ल्याउन थप उर्जा मिल्ने छ । वित्तीय साक्षरताको सबै आवश्यक सामाग्री सबै माझ लैजान एनबिआई मोबाईल एप्को प्रयोगले देशमा वित्तीय साक्षरताको विस्तारमा शुरु गर्ने जनाएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds