निःशुल्क डेस्कटप सपोर्ट तालिम सम्पन्न

काठमाडौँ । सिप्रदी कम्पनिजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्था र चन्द्रागिरि नगरपालिका वडा नं १४ बीचको सहकार्यमा ८० घण्टाको निःशुल्क डेस्कटप सपोर्ट तालिम कार्यक्रम सम्पन्न भएको छ ।

तालिम कार्यक्रम जेठ १९ गतेदेखि सुरु भएको थियो । उक्त निःशुल्क तालिममा चन्द्रागिरि नगरपालिकाका ३२ जना प्रशिक्षार्थीहरुले कम्प्युटर हार्डवेयर मर्मत, सफ्टवेयर इन्स्टलेसन, प्रिन्टर सेटिङ, बेसिक नेटवर्किङ, इमेल/इन्टरनेट र आर्टिफिसियल इन्टेलिजेन्ट सम्बन्धी तालिम पाएका थिए ।

तालिममा सिप्रदीयन सहायता संस्थाले सम्पूर्ण आर्थिक, प्राविधिक, प्रशिक्षण लगायत भौतिक पूर्वाधारहरूका लागि स्थायी रूपमा चन्द्रागिरि नगरपालिका वडा कार्यालयलाई रु २,५०,००० बराबरको आर्थिक सहायता हस्तान्तरण गरेको थियो ।

तालिम समापन समारोह चन्द्रागिरि न.पा–वडा नं १४ का वडा अध्यक्षको सभापतित्व र चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

गिरीले यस्ता कार्यक्रमले नगरमा रोजगारी सृजना गरी सामाजिक विकाश गर्ने बताए । वडा अध्यक्ष राज भाइ महर्जनले यस किसिमको तालिमले स्थानीय सरकार, सार्वजनिक निजी साझेदारीको प्रवर्द्धन हुने कुरा बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भोटेकोशीमा हाइड्रोको ढलान भत्किएर बेपत्ता दुई मजदुरको शव भेटियो

काठमाडौं । भोटेकोशीमा हाइड्रोको ढलान भत्किएर बेपत्ता दुई मजदुरको शव फेला परेको छ । सिन्धुपाल्चोकको …

प्रतिकृया दिनुहॊस