इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा पेप्सिकोलामा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले  आफ्नो  ७९ औं शाखा काठमाडौंको पेप्सिकोला टाउनप्लानिङमा विस्तार भएको छ । काठमाडौं महानगरपालिका वडा नं ३२ सिनामंगल स्थित पेप्सिकोलाको टाउनप्लानिङमा बैंकले शाखा खोलेसँगै ११२ औ एटिएम पनि संचालनमा ल्याइएको छ ।

बैंकका संचालक प्रजन्यराज भण्डारी, सूर्य प्रकाशलाल श्रेष्ठ, निरन्जनलाल श्रेष्ठ, भुवनेश्वरप्रसाद शाह तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायतको उपस्थितिमा शाखा तथा एटिएमको उद्घाटन गरे  ।

सम्पूर्ण वित्तिय कारोबार हुने यस शाखामा स्थानीय माग अनुसार सानो, ठूलो सबै प्रकारका लकरको पनि व्यवस्था रहेको छ ।

बैंकका शाखाहरु काठमाडौं उपत्यकाभित्र २४ र बाहिर ५५ वटा संचालनमा ल्याएको छ । ‘बेस्ट व्याकको २०१८’ अवार्ड प्राप्तगर्न सफल बैंक सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा तथा १२ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखा रहित बैंकिङ सेवामार्फत बैंकले ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds