बाल विकास समाजलाई सिटिजन्स बैंकको आर्थिक सहयोग

काठमाडौं ।  सिटिजन्स   बैंक इन्टरनेसनलले बाल विकास समाजलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले करिव २६ वर्ष देखि बाल अधिकारबाट वन्चित भएका नेपाली बालबालिकाहरुको चौतर्फी विकाश गर्ने उद्देश्यका साथ स्थापित बाल विकास समाजलाई १ लाख ५० हजारको आर्थिक सहयोग उपलब्ध गराएको हो ।

बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रममा बैंकद्वारा सो संस्थालाई १ लाख ५० हजारको चेक हस्तान्तरण गरियो ।

उक्त रकमबाट १५ जना गरीब तथा जेहन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने संस्थाले जानकारी दिएको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ ।

यसैको निरन्तरता स्वरूप बैंकको आगामी बैशाख ७ गते हुने १२ औं वार्षिकउत्सबको अवसारमा आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds