काठमाडौं । प्राइम कमर्सियल बैंकले शेयरधनीहरुलाई १६ प्रतिशत वोनस शेयर दिने निर्णय गर्दै एघारौें बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकको साधारण सभाले बैंकको संचालक समितिमा सस्थापक समुहमा उदय मोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्र दास श्रेष्ठ लाई निर्विरोध निर्वाचित गरेको छ । यसैगरी, साधारण शेयर धनीको समुहमा मनोज पौडेल र प्रचण्डमान श्रेष्ठ लाई निर्विरोध निर्वाचित गरेको छ ।
बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैंक प्रतिवद्ध रहेको बताएको छ ।
प्रतिकृया दिनुहॊस