पानीमा डुबेर २ जना बालिकाको मृत्यु

सुनसरी । छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर  २ जना बालिकाहरुको मृत्यु भएको छ ।

आईतबार बेलुका ४ बजे ईनरुवा नगरपालिका -७ का प्रदिप दनुवारको २ बर्षीया छोरी प्रसंसा दनुवार खेल्ने क्रममा घर अगाडि रहेको नहरमा डुबेर मृत्यु भएको छ ।

त्यस्तै आईतबार दिउसो  ३ बजे सुनसरीकै बराहक्षेत्र नगरपालिका- ५ ठिकि टोल का भरत अधिकारीको १८ महिनाकी छोरी आश्मा अधिकारी आफ्नै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा अचानक डुबेर भई घोपा धरानमा लगी उपचारको क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको प्रहारीले जनाएको  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप