रश्मी

आफ्नो नयाँ साइबरियल एआर एप्लिकेशन मार्फत भर्चुअल विश्व निमार्ण प्रक्रियालाई गति दिँदै ओपो

शन्चन । ओपोले रियल(टाइमद्वारा सञ्चालित आफ्नो नव निर्मित एआर एप्लिकेशन साइबरियल स्थानिक कम्प्यूटिङ प्रविधि सार्वजनिक गरेको छ । आफ्नै ईन(हाउस एआई ईञ्जिनको प्रयोग मार्फत ओपोले आगुमेन्टेड रियालिटीलाई नयाँ उचाई प्रदान गरेको छ । ओपो साइबरियलले एआर निर्माणदेखि अनुभव लिने सम्म समग्र प्रक्रियामा विश्वसनियताका साथै सहजतापनि प्रदान गर्छ । ओपोले आफ्ना फ्ल्यागशिप स्टोर्स मार्फत सम्मोहक एआरको अनुभूति प्रदान गर्न थालिसकेको छ । डिजिटल विश्व निर्माण गर्ने परम्परागत तरिकाका लागि ब्यवसायिक उपकरण …

पुरा पढ्नुहॊस »

‘जिउँदो लाश’ बनेको ३ वर्षपछि मोडल निशा घिमिरेको उद्धार

काठमाडौं । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार तथा मोडल निशा घिमिरेको उद्धार गरिएको छ । नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको आज उद्धार गरेकी हुन् । तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशा घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ रहेको छ । चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन् । तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादून …

पुरा पढ्नुहॊस »

करेन्ट लागेर २ जनाको मृत्यु

झापा । झापामा  छुट्टा छुट्टै २ स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर  घाईते भएकी  उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पुर्याउदा मृत्यु भएको छ । त्यस्तै बिहीबार बेलुका पौने ६ बजे कमल गाऊपालिका ७ लालधोन्द्रा स्थित महेन्द्र धिमालको खेतमा पानी तान्न …

पुरा पढ्नुहॊस »

संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना

काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । जोशीलाई  छातीमा समस्या देखिएपछि किष्ट अस्पतालमा  भर्ना  गरिएको हो । जोशीलाई निमोनिया देखिएको तर कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ।

पुरा पढ्नुहॊस »

सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त

काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल कुमार पोखरेल नियुक्त भएका छन । बैंक सञ्चालक समितिको बसेको बैठकले असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई सीईओमा नियुक्त गरेको हो। सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका पाेखरेल अनुभवी बैंकरका रूपमा परिचित छन् । उनीसँग विदेशी बैंकदेखि नेपाली बैंकहरूमा पनि लामाे समयसम्म काम गरेकाे अनुभव तथा कार्यकाैशलता छ । उनले करिब २० वर्ष  स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनआइसी एसिया बैंकमा …

पुरा पढ्नुहॊस »

२४ घण्टामा ३ हजार ७४९ कोरोना संक्रमित थपिए

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरि पछिल्लो २४ घण्टामा थप ५९  जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ८ हजार २३८ जना पुगेको छ । त्यस्तै,पछिल्लो २४ घण्टामा ५ हजार २९३  कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार

काठमाडाैँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिमण्डल विस्तार गरका  छन् । प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद पुनगर्ठन गरेर पूर्णता दिएका  हुन् । नयाँ थपिएका मन्त्रीमा गृहमन्त्रीमा खगराज अधिकारी,  सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नैनकला थापा ,वन तथा वातावरण मन्त्रालयमा- नारदमुनी राना, संघीय मामिला तथा सामान्य प्रशासनमा- गणेश पहाडी र प्रधानमन्त्री कार्यालय हेर्ने मन्त्रीमा मोहन बानियाँ नियुक्त भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरि    कृषिमा- ज्वालाकुमारी साह, …

पुरा पढ्नुहॊस »

होन्डा सिबी ३५० डिएलएक्स नेपाली बजारमा सार्वजनिक

काठमाडाैँ ।  होन्डाको सिबी ३५० डिएलएक्स नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डाको सिबी ३५० डिएलएक्स सार्वजनिक गरेको  हो । सिबी ३५० डिएलएक्स कम्पनीका अध्यक्ष सौरभ ज्योतिद्वारा युट्युबमा प्रिमियर गरिएको एक भिडियओमार्फत सार्वजनिक गरिएको हो। ३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक ग्राहकका  लागि ३५० सिसीको यो बाइक निर्माण गरिएको कम्पनीको दाबी छ । बाइक सिंगल टोनमा …

पुरा पढ्नुहॊस »

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमाशुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट दिने

काठमाडाैँ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना बीमितहरुलाई बीमा शुल्क भुक्तानीको विलम्ब शुल्कमा छुट दिने भएको छ। कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका अधिकांश जिल्लामा जारी निषेधाज्ञाका कारण समयमै किस्ता तिर्न नसकेका बीमितहरुलाई विलम्ब शुल्कमा छुट दिने निर्णय कम्पनीले गरेको हो। कम्पनीले आज जेठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने व्यवस्था गरिएको हो । २०७८ असार मसान्तभित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई निम्नबमोजिम विलम्ब शुल्क छुट दिने कम्पनीले …

पुरा पढ्नुहॊस »

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा

काठमाडौं ।स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको १,९०,६५० कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. ७ सय ५१ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै, विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई यो लिलामको सूचना प्रकाशन गरी ३५ दिनको समय दिएको हुनाले …

पुरा पढ्नुहॊस »