सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ७ जनाको मृत्यु

काठमाडौं ।मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी-पहिरोले व्यापक क्षति पुर्याएको छ ।  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदिले बगाएर ७ जना बेपत्ता भएका छन् ।

हेलम्बु गाउँपालिकाको इन्द्रवती नदीको किनारमा एक जनाको शव फेला परेको छ । बाढीले हेलम्बुमा ३ ओटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ  ।

मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिका जोड्ने पुललगायत अन्य केही पुल भत्केका छन् । पुलबाट आवजजावत गर्न नमिल्ने भएपछि उद्धारमा केही कठिनाई भइरहेको भएपनि उद्धारकार्य जारी छ ।

क्षतिको विवरण आउन बाँकी।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री