रौतहट । रौतहटमा एक महिलामाथि एसिड आक्रमण भएको छ ।
रौतहटको चन्द्रपुर नगरपापिलका वडा नम्बर ४ -का ४२ वर्षिय दिपक वि.कले आफ्नै ३८ वर्षिय श्रीमती दिपिका वि.क. लाई एसिड प्रहार गरेका छन् ।
विवादको सुरुवाती क्रममा श्रीमानले कुट्दा उनको गालामा चोट लागेको थियो । विवादपछि बाहिर निस्केका श्रीमानले फर्किएर आउँदा पछाडि बोतलमा लुकाएर ल्याएको एसिड छ्याप्न खोज्दा उनले देखेर खोस्ने क्रममा हातमा र मुखमा परेको पीडितले बताइन् ।
पीडित महिलाको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनको शरिरको करिब १८ प्रतिशत भाग जलेको छ । उनको देब्रे हात र पेट जलेको छ ।
प्रहरीले महिलाका ४२ वर्षिय श्रीमान् दिपक वि.क. लाई पक्राउ गरेको छ ।
प्रतिकृया दिनुहॊस