काठमाडौं ।आज देशभर सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज देशका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बुधबार
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
बिहीबार
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, प्रदेश न.१ र वागमती प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
शुक्रबार
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।




