भक्तपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका- ४ मा बुधबार राति   बा.७७ प ५६०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सोलुखुम्बुको चौलाखर्क-३ घर भई हाल काडाँघारी बस्ने २७ वर्षीय रमेश कुमार बस्नेत छन् ।

मोटरसाईकल ठोक्किँदा गम्भिर घाइते भएका बस्नेतको उपचारको क्रममा त्रि.वि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री