छोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा बुवा पक्राउ

धनगढी । कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।

जेठ २७ गते दिउँसो लम्की चुहा नगरपालिका- २ बघनियाकी वर्ष १० छोरीलाई आफ्नै घरमा हत्या गरी दाहसंस्कार गर्ने तयारी  गरिरहेको बेला  प्रहरीले २७ गते नै शव नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा जेठ २७ गते दिउँसो आफ्नै भैसी गोठमा लगी जबरजस्ती करणी गरी पोल खुल्ने डरले भैसी गोठमै झुण्डाई हत्या गरेको र घटना लुकाउन आत्महत्या गरेको जस्तो देखाउन खोजेको अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री