काठमाण्डाै ।आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ९७.२१ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार नेप्से ९७.२१ अङ्कले बढेर २ हजार ९८० दशमलव ६१ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १९ दशमलव ५५ अङ्कले बढेर ५६० दशमलव ९६ मा पुगेर रोकिएको छ ।
स्टकका अनुसार कुल २२१ कम्पनीका २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९२ रुपैयाँ ६२ पैसामा खरिद–बिक्री भएको छ ।
प्रतिकृया दिनुहॊस