सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु

सुनसरी। सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका-२ का २९ बर्षीय कृष्ण घिमिरेको शनिवार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घर वरीपरी हात्ती रोक्नका लागी लगाईएको फलामको तारमा छुँदा  करेन्ट लागेर घाईते भएका घिमिरेको उपचारको क्रममा बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा मृत्यु भएको हो ।
त्यस्तै  ईटहरी-१७ का मनोज खत्रीको पनि  करेन्ट लागेर मृत्यु भएको छ । शनिवार साँझ घर नजिकै रहेको माछा पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर घाईते भएका खत्रीको  उपचारको  क्रममा  बिराट टिचिङ हस्पिटल बिराटनगर मृत्यु भएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रामेछाप दुर्घटना अपडेट : गोकुलगंगा-४ का वडाध्यक्ष बस्नेतको मृत्यु

काठमाडौं । रामेछापमा भएको सुमो गाडी दुर्घटनामा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस