ट्रकको ठक्करबाट २ जनाको मुत्यु

झापा । झापाको दमकमा  ट्रकको ठक्करबाट  मोटरसाइकलमा सवार २ जनाको  मुत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार झापाको कनकाई नगरपालिका -३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र मोटरसाइकलको पछाडि सवार ३६ वर्षीय भिमा विष्ट रहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई दमक ९ स्थित शान्ति मार्ग नजिकै ठक्कर दिएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री