सनराइज बैंकको नारी विशेष योजना

सनराइज बैंकले भदौ महिनामा नारी विशेष योजना ल्याएको छ।

यस योजनाअन्तर्गत आफ्ना ग्राहकका लागि भदौ महिनाभरि विभिन्न सेवा निःशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ।

यो योजनाअन्तर्गत आफ्ना ग्राहकलाई भदौ महिनाभरि नारी बचत खाता खोल्ने महिलाहरुलाई बैंकले विभिन्न पाँचवटा सेवाहरु निःशुल्क दिने भएको छ।

प्रथम वर्षका लागि निःशुल्क दिइने सेवामा डिम्याट, मेरो सेयर, डेबिट कार्ड, क्रेडिट कार्ड तथा लकर सेवा छन्।

साथै बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधा पनि प्रदान गर्दै आएकोमा भदौ महिनाभरि अनलाइन खाता खोल्ने सम्पूर्ण नारीलाई पहिलो कारोबार गर्दा २५% वा रु. ३०० सम्मको छुटसमेत प्रदान गर्ने बैंकले जनाएको छ।

यसैगरी सनराइज नारी बचत खाता हुने सम्पूर्ण ग्राहकलार्ई भदौ महिनाभरि कर्जा लिँदा कर्जा शुल्कमा २५%  छुट दिनेसमेत बैंकले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री