बारा । परवानीपुर गाउँपालिका – ४ मा मंगलबार बेलुकी पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका-१६ ईनर्वाटोलका ३८ वर्षीय राजेश राम रहेका छन् ।
ना ४ च ३४३२ नम्बरको पिकअप गाडीले ना २१ प १८३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा नारायणी बयोधा अस्पताल गण्डकमा मृत्यु भएको हो ।
तपाईंको प्रतिकृया



