रश्मी

आज विश्वकर्मा पूजा देशभर धुमधाम मनाइँदै

काठमाडौं । आज विश्वकर्मा पूजा देशभर धुमधाम मनाइँदै छ। आजको दिनलाई विश्वकर्मा पूजाका साथै वास्तु दिवसका रुपमा पनि मनाइने गरिएको छ। आज फलामसँग सम्बन्धीत सबैले विश्वकर्माको पूजाआजा गर्ने गर्दछन्। आजको दिन फलाको पूजा गर्दा फलाम दिगोरुपमा सञ्चालन हुने र लाभ पनि मिल्ने जनविश्वास छ।द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ।

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकले २० प्रतिशत लाभांश दिने

काठमाडौं । ग्लोबल आईएमई बैंकले २० प्रतिशत लाभांश दिने वताएकाे छ । बैंक सञ्चालक समितिको अाज बसेको बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिने भएको हो ।नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर आउदौ ११ औं वार्षिक साधारणसभामा पेश गर्ने भएको छ ।

पुरा पढ्नुहॊस »

नयाँ नोट रु १० को बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँको नयाँ नोट पनि मंगलबारबाट  चलनचल्तिमा  ल्याएको छ । साविकको ३ वटा कृष्णसारको सट्टामा एउटा कृष्णसारको चित्र रहेको राष्ट्र बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

नेपालले थाइल्याण्डलाई दियो २८२ रनको लक्ष्य

काठमाडौं । एसीसी यू-१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले थाइल्याण्डसामू २८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।टस हारेर नेपालले ब्याटिङ गरेको ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनायो । २८२ रनको टार्गेट थाइल्यान्डलाई दिएको छ ।

पुरा पढ्नुहॊस »

ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव ,मेला अवधिभर ५ देखि ६० प्रतिशतसम्म छुट पाउने

काठमाडौं ।राजधानीको न्यूरोडमा ताम्राकार मोबाइल कम्प्लेक्समा बिहिबारबाट मोबाइल महोत्सव सुरु भएको छ । ताम्राकार कम्प्लेक्स मोबाइल महोत्सव मेला अवधिभर मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुट पाउने गरेकोे छ । सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिएको छ । साथै, चाडपर्वको अवसरमा विभिन्न ब्राण्डका मोबाइल फोनको खरिदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन लक्की ड्र मार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ …

पुरा पढ्नुहॊस »

दसैंको अग्रिम टिकट बुकिङ खुलेन

काठमाडौं । सरकारले आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि अग्रिम टिकट बुकिङ खुलेन । यातायात व्यवसायीले विभिन्न माग राख्दै टिकट बुकिङ नखोल्न दबाब दिएपछि आजदेखि खुल्ने भनिएको टिकट वितरण अवरुद्ध भएको हो । बिहीबारदेखि टिकट वितरण हुने जानकारी पाएका सर्वसाधारणहरु बिहान ४ बजेदेखि नै बसपार्क पुगेर लाम लागेका थिए ।तर, व्यवसायीहरुले  टिकट वितरण रोकेपछि सर्वसाधारण निराश भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

सनराइज बैंकद्धारा ग्राहक सुविधा केन्द्र (Call Center)को शुभारम्भ”

काठमाडौं। सनराइज बैंकले स्थापना काल देखि नै आफ्ना ग्राहक वर्गलाई सरल एवं सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको  क्रममा आफ्नो ग्राहकहरुलाई बैंकले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी दिने, ग्राहकहरुको विभिन्न समस्याहरु समाधान गर्ने, बैँकिङ् सम्बन्धी सामान्य जानकारीहरु दिने, ग्राहकहरुको सल्लाह तथा सुझावहरु संकलन गर्ने जस्ता कार्य गर्ने हेतुले ग्राहक सुविधा केन्द्र (Call Center) को शुभारम्भ गरेको  बैकले जानकारी  दिएको छ । कल सेन्टरको उद्घाटन बैंकका अध्यक्ष मोतीलाल दुगडले  गरेका छन् । …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकले १६ प्रतिशत बोसन सेयर दिने

काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ ।  बैंकको हालै बसेको सञ्चालक समितिको २४४ औ बैठकले गत आर्थिक वर्षमा गरेको नाफा मध्येबाट सेयरधनीलाई १ अर्ब १० करोड ७४ लाख रुपैयाँ बराबरको बोनस सेयर बितरण गर्ने निर्णय गरेको बैंकले  जानकारी दिएको छ । बोनस सेयर वितरण प्रस्ताव पारित भएपछि मात्र बैंकले बोनस सेयर बितरण गर्ने  छ ।

पुरा पढ्नुहॊस »

दसैंको अग्रीम टिकट बुकिङ भदौ २२ गतेदेखि खुल्ने

काठमाडौं । दसैंका लागि बसको अग्रीम टिकट बुकिङ भदौ २२ गते खुल्ने भएको छ । यातायात व्यवस्थापन विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीको समन्वयमा चाडपर्वमा उपत्यका बाहिरिने यात्रुका लागि अग्रीम टिकट बुकिङ खुल्ने भएको छ ।लामो दुरीका सवारीसाधनको अग्रीम टिकट बुकिङका लागि नयाँ बसपार्क र पुरानो बसपार्कबाट सुविधा दिने भएको छ । साथै,दसैंमा सरकारले प्रति यात्रु २० किलो भन्दा बढी सामान बोक्ने व्यवसायीको इजाजत पत्र खारेज गर्ने भएको छ । दसैंमा घर …

पुरा पढ्नुहॊस »

रिया आइएमईबाट रु. ५ लाख प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा हस्तान्तरण

काठमाडौं । साउन अन्तिम साताको अविरल बर्षाले नेपालको तराईका विभिन्न जिल्लामा पु¥याएको जनधनको क्षतिबाट प्रभावित परिवारको तत्काल राहत तथा पुनः स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मलेसियास्थित रिया आइएमई ( Ria/IME) ले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रु. ५,००,०००|  ( नेपाली रुपैंयाँ पाँच लाख) सहयोग स्वरूप हस्तान्तरण गरेको छ । रिया आइएमईका प्रमुख कार्यकारी अधिकृत स्पेन क्रिस्टेनसेन (Mr. Espen Kristensen) ले नेपाली दुतावास मलेसियाका महामहिम राजदुत डा. निरन्जनमान सिंह बस्न्यातलाई …

पुरा पढ्नुहॊस »