काठमाडौं । सुनको मूल्य एकै दिन २ हजारले बढेर नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६४ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । हिजो पनि सुनको मूल्य बढेर प्रतितोला १ लाख ६२ हजार ४ सय रुपियाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी तोलाको ३० रुपियाँ बढेर प्रतितोला १ हजार ९ सय ८० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
विश्व बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसैको प्रभाव देखिएको छ । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य अझै माथि जाने आंकलन गरिएको छ ।
तपाईंको प्रतिकृया




