रूपन्देही । बाँकेको कोहलपुरको एक होटलमा लगेर २ दिनसम्म बन्धक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । असोज २७-२८ गते भएको उक्त घटनामा संलग्न आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । २ दिनपछि प्रहरीले घटना विवरण सार्वजनिक गरेको हो । १२ वर्षीया नाबालिगलाई ५ जनाले ललाईफकाई कोहलपुरस्थित न्युरोडको होटलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाँके बैजनाथ-१ का २४ वर्षीय डम्बरबहादुर रोकाया, १९ वर्षीय निशान रोकाया, विजय कार्की, गाभर बस्ने निर्मल थापा र करेली बस्ने जीवन रोकाया छन् ।
उनीहरुले २७ गते नाबालिगलाई फकाएर न्युरोडस्थित यात्री होटल पुर्याएका थिए । पहिलो दिन २ जनाले र भोलीपल्ट अन्य होटलमा पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी धर्मराज भण्डारीले बताए । घटनापछि फरार ५ जनालाई बैजनाथको विभिन्न ठाउँबाट पक्राउ गरिएको थियाे।
प्रतिकृया दिनुहॊस