काठमाडौं । साउन अन्तिम साताको अविरल बर्षाले नेपालको तराईका विभिन्न जिल्लामा पु¥याएको जनधनको क्षतिबाट प्रभावित परिवारको तत्काल राहत तथा पुनः स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मलेसियास्थित रिया आइएमई ( Ria/IME) ले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रु. ५,००,०००| ( नेपाली रुपैंयाँ पाँच लाख) सहयोग स्वरूप हस्तान्तरण गरेको छ ।
रिया आइएमईका प्रमुख कार्यकारी अधिकृत स्पेन क्रिस्टेनसेन (Mr. Espen Kristensen) ले नेपाली दुतावास मलेसियाका महामहिम राजदुत डा. निरन्जनमान सिंह बस्न्यातलाई हिजो मलेसियास्थित नेपाली दुतावासमा भेटि उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको हो ।
तपाईंको प्रतिकृया




