आइएमई लाइफ इन्सुरेन्सको बाग्लुङ्गमा शाखा विस्तार

बाग्लुङ्ग । आइएमई लाइफ ईन्सुरेन्स कम्पनी लिमिटेडले  बाग्लुुङ्ग शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष  चिरञ्जीवी चापागार्ईंले गरेका छन् ।

उक्त अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, कम्पनीको संचालक समितिका अध्यक्ष डा. रामहरी अर्याल लगायत कम्पनीका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।

शाखाको उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष  चिरञ्जीबी चापागार्ईंले भर्खरै स्थापित कम्पनीले जीवन बीमाको माध्यमबाट रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहक महानुभावहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिएका छन् ।

सोही अवसरमा अध्यक्ष चापागार्ईंले सबैले आफनो र परिवारको सदस्यको जीवन बीमा गरेर ढुक्क भएर जीवनयापन गर्न पनि उपस्थित सबैलाई आग्रह गरे  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री