असनलाई सवारीमुक्त क्षेत्र बनाइने

काठमाडौं । काठमाडौंको अत्यधिक व्यस्त रुपमा रहेका असन क्षेत्रलाई  पनि सवारीसाधन निषेधित क्षेत्र बनाउन लागिएको   छ ।महानगरीय ट्राफिक महाशाखा र त्यस क्षेत्रमा रहेका वडाका प्रतिनिधि तथा व्यवसायीको सहभागितामा असन क्षेत्रलाई  सवारीसाधन निषेधित क्षेत्र बनाउन लागिएको  हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौँ महानगरपालिका र ठमेल क्षेत्रमा रहेका विभिन्न व्यवसायी संघ संस्थाको सक्रियतामा यही कात्तिक ५ गतेदेखि ठमेल क्षेत्रलाई सवारी साधनमुक्त क्षेत्र बनाउने अभियान शुरु गरिएको थियो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठमेल क्षेत्रमा चलाइएको अभियान केही हदसम्म सफल भएपछि असन क्षेत्रलाई पनि ठमेल क्षेत्रजस्तो बनाउन लागिएको  हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री