रश्मी

ओम डेभलपमेन्ट बैंक र ओम हस्पिटलबीच स्वास्थ सेवा शुल्कमा छुट

काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच स्वास्थ सेवा शुल्कमा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी र अस्पतालको तर्फबाट अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले हस्ताक्षर गरे।                   सम्झौता पश्चात ओम डेभलपमेन्ट बैंकका कर्मचारी तथा कर्मचारीका परिवारहरु, खातावालाहरु तथा सेयरधनीहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न स्वास्थ सेवा शुल्कमा छुट …

पुरा पढ्नुहॊस »

प्राइम लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरे । सम्झौता पश्चात प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंकको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् । हाल प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी …

पुरा पढ्नुहॊस »

मुस्ताङमा ट्रिपर दुर्घटना, कालिगण्डकी कोरिडोरमा कार्यरत १५ मजदुरको मृत्यु

मुस्ताङ। मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३  स्याङ्बोचे कालीगण्डकी करिडोर सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।                           मृत्यु  हुनेमा  ४ महिला र ११ जना पुरुष  छन् । ती मजदुरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुरहरु दुर्घटनामा परेका हुन् । उनीहरु चढेको चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ । …

पुरा पढ्नुहॊस »

झापाको चारपानेमा एनआईसी एशिया बैंकको नयाँ शाखा

झापा । एनआईसी एशिया बैंकले  झापाको चारपानेमा  नयाँ   शाखा बिस्तार गरेको छ। उक्त शाखाको उद्घाटन  बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले गरे।यो सँगै बैकको शाखा देशभर २ सय २५ पुगेको छ। बैंकको वासलातको आकार १७६ अर्ब रुपैयाँभन्दा माथि पुगेको र कुल निक्षेप करिब १५० अर्ब रुपैयाँ पुगेको बिज्ञप्तीमा उल्लेख छ। यसैगरी बैंकले कुल १२० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको  जनाएको छ।

पुरा पढ्नुहॊस »

ज्वाइँको कुटाईबाट ससुराको मृत्यु

स्याङ्जा । आफ्नै ज्वार्इँले रड प्रहार गरी ससुराको हत्या गरेका छन् । स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापाको  ज्वार्इँ खुमबहादुर थापाले  रड प्रहार गर्दा घाइते बनेका मोहनसिंहको उपचारका क्रममा फिस्टेल अस्पताल, पोखरामा बुधबार मृत्यु भएको  छ। मोहनसिंहको मृत्यु भएसँगै खुमबहादुरलाई प्रहरीले  पक्राउ गरेको छ।

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं ।  माछापुच्छ्रे बैंकले  का.म.पा. ४ वडाको मुल सडक बालुवाटार राष्ट्र बैंक चोकको वरपर, बैंकको बालुवाटार शाखा देखि भाटभटेनी सम्म वृक्षारोपण गरेको छ ।                             बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन प्रगतिशिल धारा सुधार समितिसँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।उक्त वृक्षारोपण कार्यक्रमको उद्घाटन  उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गरेका …

पुरा पढ्नुहॊस »

गायक कमल खत्रीको नयाँ गीत सार्वजनिक

काठमाडौँ । गायक कमल खत्रीको‘आउ मेरो अँगालोमा’ सार्वजनिक भएको छ । शोभा अधिकारिको शब्द तथा संगीत रहेको गीतमा शोभा र कमलको आवाज रहेको छ।  उक्त गीतकाे भिडियाेमा दिपेन्द्र रायमाझी र शोभा अधिकारी फिचर रहेको  छ।

पुरा पढ्नुहॊस »

धादिङमा भूकम्पको धक्का

काठमाडौं । धादिङमा भुकम्पको ठुलो धक्का महसुस गरिएको छ । धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार  बिहान ७ः२१ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्याल र युनियन लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्नले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात युनियन लाइफमा जीवन बीमा गर्ने ग्राहकहरुले आवश्यक जीवन बीमा सम्बन्धी सेवाहरु सिद्धार्थ बैंकको सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

🌱गजल🌱 ⚘⚘⚘⚘

तिम्ले जस्तै मन कठोर्, पार्न पनि सिकाइदेउ नौटङ्कीको तप्प आँसु,झार्न पनि सिकाइदेउ चटाएर प्रेम प्याला, छोड्छौ भने बिन्ती प्रीय माया गर्न मात्र हैन, मार्न पनि सिकाइदेउ सारथी भै प्रेम युद्ध, सिकाएथ्यौ जित्न मात्रै अब एक्लै पार्ने भए, हार्न पनि सिकाइदेउ खोल्दिएथ्यौ हृदयद्वार,नाचेथ्यो दिल् गगनमा लौन!!दशा चल्छ भने, टार्न पनि सिकाइदेउ सपनाका बेर्ना मेरा, उखेलेर फाल्छौ किन? झरिलैमा अन्त कतै, सार्न पनि सिकाइदेउ D.p.khakurel

पुरा पढ्नुहॊस »