माछापुच्छ्रे बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं ।  माछापुच्छ्रे बैंकले  का.म.पा. ४ वडाको मुल सडक बालुवाटार राष्ट्र बैंक चोकको वरपर, बैंकको बालुवाटार शाखा देखि भाटभटेनी सम्म वृक्षारोपण गरेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन प्रगतिशिल धारा सुधार समितिसँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।उक्त वृक्षारोपण कार्यक्रमको उद्घाटन  उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गरेका छन् । माछापुच्छ्रे बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले वृक्षारोपण गरी कार्यक्रममा आफ्नो सक्रिय सहभागिता जनाएका थिए ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग  सेवा समेत गरी  जम्मा १०६ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा  प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९१ वटा एटीएमहरु संचालनमा रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

भिभोको भिभो भी-४० लाईट सार्वजनिक

काठमाडौं । भिभोले नयाँ स्मार्टफोन भिभो भी-४० लाईट सार्वजनिक गरेको छ । भी सिरिजकोे पछिल्लो …

प्रतिकृया दिनुहॊस