रश्मी

भारतीय लडाकु विमान दुर्घटनाग्रस्त,

एजेन्सी  । भारतीय वायुसेनाको लडाकु बिमान काश्मिरमा दुर्घटना भएको छ । काश्मिरको कलान गाउँमा लडाकु बिमान मिग २१ खसेको   हो । दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको छ भने अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ । श्रीनगर बिमानस्थलबाट उडान भरेको  विमान उडान लगत्तै ठूलो आवाजसहित बिमान पड्किएर खेतमा खसेको थियो । दुर्घटनाग्रस्त विमान पूर्णरुपमा ध्व्स्त भएको छ ।

पुरा पढ्नुहॊस »

साङ्गयोङ्ग मोट्र्सको सोरुम अब पोखरामा 

पोखरा । आइ.एम्.एस् गुरुपको आधिकारीक बिक्र्रेताको रुपमा नेपालमा साङ्गयोङ्ग मोट्र्सले आफ्नो शोरुम पोखराको उत्तमचोकमा सुरु गरेको छ । कार्यक्रमका प्रमुख अथिति अर्थ तथा योजना मन्त्रालयका माननीय किरण गुरुङ्ग, मिस नेपाल २०१२ सृस्टी श्रेष्ठ, आइ.एम् .एस् गुरुपका अध्यक्ष दिपक मलहोत्रा प्रेसिडेन्ट तथा सिइओ दिकेश मलहोत्रा, आइ.एम् .एस् मोटर्सका निर्देषक विमल सावर्थिया र मिस नेपाल २००९ जेनिशा मोक्तान मलहोत्राद्वारा शो रुमको उद्घाट्न भएको छ । स्याङ्योङ्ग मोटरको सर्भिस सेन्टर क्लब मोटर्स प्रा. …

पुरा पढ्नुहॊस »

चौधरी ग्रुपको नयाँ उत्पादन सार्वजनिक

काठमाडौं । चौधरी ग्रुपले आफ्नो पछिल्लो उत्पादन ‘माल्टोजीङ्ग’ औपचारिक रुपमा सार्वजनिक गरको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘माल्टोजीङ्ग’को अफिसियल सार्वजनिक गरिएको हो । बजारमा रहेका उत्पादन भन्दा गुणस्तरिय तथा सुपथ मूल्यमा माल्टोजीङग बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसमा मल्टिभिटामिन र मिनरल्सको समिश्रण गरिएको हुनाले यसको प्रयोगले नेपालको कुपोषणको समस्या न्युनिकरणमा सघाउने कम्पनीको दाबी छ । चौधरी ग्रुपअन्तर्गतको बिएलसी होल्डीङ्सअन्तर्गतको ‘इन्सट्यान्टमिल्स प्रालि’को उत्पादन र प्रवद्र्धनमा यस …

पुरा पढ्नुहॊस »

एस्कर्टस्को “हाईड्रा १५ ४पी” क्रेनको सफ्ट लन्च अब बुटवलमा

बुटवल । आइएमई अटोमोटिभ्स प्रा. लि.एस्कर्टस्को हेभि उपकरण सेगमेन्टहरुको नेपालका लागि आधिकारिक बिक्रेता, तथा आइएमई ग्रुप अन्तर्गतको अटोमोबाइल सेवा प्रदायक एक भगिनी संस्थाले बहुप्रतिक्षित “हाईड्रा १५ ४पी” क्रेनको नेपालमा बिक्रि वितरणको सुरुवात आजबाट  बुटवल अवस्थित कालिकानगरबाट एक औपचारीक कार्यक्रम मार्फत सेवा सुरु गरेको छ । उक्त कार्यक्रममा कन्ट्रयाक्टर एसोसियसन, रुपन्देही जिल्लाका प्रेसिडेन्ट मोहन लाल जोशीको उपस्थिति रहेको थियो । यस “हाईड्रा १५ ४पी” क्रेनका ऐतिहासिक समुद्घाटनको अवसरमा एस्कर्टस डिभिजन (नेपालका)  सेल्स हेड  …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको एकै साथ तीन नयाँ शाखा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकै साथ कास्कीमा  तीन नयाँ शाखा विस्तार गरेको छ ।बैंकले  कास्की जिल्लाको अमरसिङ्ग, जिरो कि.मी, लामाचौर गरी आफ्ना  तीन नयाँ शाखा विस्तार गरेको हो ।   अमरसिङ्ग शाखाको उद्घाटन प्रदेश नं ४ का प्रदेश सभा सांसद मनबहादुर गुरुङ्गले गरेका हुन् । त्यसैगरी, जिरो कि.मी शाखाको उद्घाटन आर्थिक योजना तथा मामिला मन्त्री किरण गुरुङ्गले गरेका थिए । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि गुरुङ्गले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका …

पुरा पढ्नुहॊस »

नेपाल बंगलादेश बैंकको नयाँ एटिएम शाखा पोखरामा

काठमाडौं । नेपाल बंगलादेश बैंकले आफ्नो एटिएम पोखराको लेकसाइड स्थित एटिएम लान्जबाट संचालनमा ल्याएको छ ।पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जीवी पोखरेलबाट कार्यक्रमबीच उक्त एटिएम सेवाको शुरु भएको छ । उक्त समारोहमा बैंकका गण्डकी प्रदेश कार्यालयका प्रमुख देवेन्द्र अवस्थीले बैंकले पोखरामा २ वटा शाखा र ३ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको र देश भरी बैंकले ८१ शाखा ७ एक्सटेन्सन काउन्टर, २ शाखा रहित घरदैलो बैंकिङ्ग सेवा तथा ६५ वटा एटिएमबाट …

पुरा पढ्नुहॊस »

सानिमा लाइफ र गण्डकी बिकास बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स  र  गण्डकी बिकास बैकबीच बीमा सेवा  सम्झौता भएको छ । उक्त सम्झौतामा  इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना  र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले   हस्ताक्षर गरे। यस सम्झौता अन्र्तगत बैंकको सम्पूर्ण  ७७ शाखाहरुबाट ग्राहकहरुले सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट वीमा सेवा उपभोग गर्न सक्ने छन ।  

पुरा पढ्नुहॊस »

गरिमा विकास बैकद्धारा मृतक ग्राहकको ऋण मिनाहा

काठमाडौं।  गरिमा बिकास बैकले मृतक ग्राहक जित बहादुर बिक सुनारको ऋण मिनाहा गरेको छ । बैकको शाखा कार्यालय तल्लोगगनगौंडाको लघुवित्त कार्यक्रममा आवद्ध सदस्य कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.३२, तल्लोगगन गौडा निवासी ४२ बर्षका जित बहादुर बिक सुनारको असामायिक मृत्यु भएकोले बैकले स्व. सुनारको नाउँमा बाँकी रहेको कर्जाको साँवा तथा ब्याज रकम १ लाख ४९ हजार १ सय ६४ रुपैयाँ मिनाहा गरेको छ । बैकले एक कार्यक्रमको आयोजना गरि स्व. सुनारकी धर्मपत्नी …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको शाखा भरतपुर र गैंडाकोटमा

काठमाडौं । सिद्धार्थ बैंकले  दुई नयाँ शाखा भरतपुर र गैंडाकोटमा   विस्तार गरेको छ ।  भरतपुर शाखाको उद्घाटनमा प्रदेश नं ३ का सभासद घनश्याम दहाल तथा उद्योग वाणिज्य संघ  चितवनका अध्यक्ष सहनलाल प्रधानले गरेका छन् ।  गैंडाकोट शाखाको उद्घाटन गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र उद्योग वाणिज्य संघ(गैंडाकोटका अध्यक्ष अमृत भट्टचनले गरे ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा  सम्बन्धी सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा  बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्सको तर्फबाट प्रमूख कार्यकारी अधिकृत रमेश  कुमार भट्टराईले हस्ताक्षर गरे । सम्झौता बमोजिम बैंकले देश भर रहेका आफ्ना १०१ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्ने छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक …

पुरा पढ्नुहॊस »