बुटवल उपमहानरका मेयरमाथि हातपात

बुटवल । बुटवल ज्योतिनगरका पहिरो पीडितले बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि हातपात गरेका छन् ।

बुटवल ज्योतिनगरका पहिरो पीडितले उनलाई हातपात गरेका हुन् ।

गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए ।

सोमबार  पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि पहिरो पीडितले  हातपात गरेका हुन् ।

पहिरोले विस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई कुनै उचित व्यवस्थापन नगरेकाले भन्दै पीडितले सुवेदीमाथि हातपात गरेका हुन।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री