तेह्रथुम पावर कम्पनीको सेयर रजिस्ट्रार नेपाल बंगलादेश क्यापिटल नियुक्त

काठमाडौं  ।तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको निमित्त शेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड चयन भएको छ ।

जसमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड तथा तेह्रथुम पावर कम्पनी लिमिटेडबीच द्विपक्षीय सम्झौता भएको छ ।

उक्त सम्झौतामा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तर्फबाट नायव महाप्रबन्धक  राम कुमार महतले हस्ताक्षर गरेका हुन ।

हाल तेह्रथुम पावर कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशन कार्य सम्पन्न भई कम्पनीको चुक्ता पूंजी ४० करोड पूर्ण भैसकेको अवस्था रहेको छ ।

चुक्ता पूंजी ४० करोड मध्ये ७० प्रतिशत अर्थात २८ करोड रकम संस्थापकहरुबाट र बांकी ३० प्रतिशत अर्थात १२ करोड रकम सर्वसाधारण (आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु समेत) नेपाली नागरिकहरुबाट कम्पनीको पूंजी उठाईएको छ ।
अब चांडो भन्दा चांडो नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकरण र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण गरी दोश्रो बजारमा कारोवार हुने व्यवस्था मिलाइनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री