कामना सेवा विकास बैंकद्वारा लाभांश प्रस्ताव

काठमाडौं  ।कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश समेत गरी १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री